नगरपालिमा दलित महिला सशक्तीकरण तालिम आजवाट सुरु

प्रकाशित:

अत्तरिया । कैलालीको गोदावरी नगरपालिमा दलित महिला सशक्तीकरण तालिम सुरु भएको छ । वडा नम्बर २ को सहयोग र दीपज्याती दलित महिला समूह, चेतनशील दलित महिला बाख्रा पालन समूह र झरना दलित महिला समूहको आयोजनामा तालिम सुरु भएको हो । शनिवार देखि सुरु भएको तालिम फागुन २९ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

तालिमकी संयोजक सुमित्रा शोपले वडा भित्र रहेका महिलाको सशक्तीकरण गरी सीप सँग जोड्नको लागि तालिम आयोजना गरिएको बताइन् । उनले दलित महिला आर्थिक, सामाजिक, राजनीतिक रूपमा अझै पछि परेकाले यस्ता महिलाहरूलाई सशक्तीकरण गर्न तालिम आयोजना गरिएको बताइन् ।

तालिमको उद्घाटन सत्रमा वडा सदस्य डबल बहादुर साउँद प्रमुख अतिथि रहेका थिए । उनले तालिमले महिलालाई सशक्तीकरण गराउन सहयोग पुग्ने बताए । उनले समाजमा सबै किसिमका मानिस बसेकाले सबैले सम्मानजनक तरिकाले बाच्न पाउनुपर्ने बताए । ‘समाजमा सबै सम्मानजनक तरिकाले बसेका भए सशक्तीकरणको कुरा नै आउँदैन’ उनले भने ‘तर, हामी यस्तो समाजमा छौ । जहाँ विभेद छ । सबै जातीमा विभेद छ ।’

 

 

ताजा समाचार

सम्बन्धित समाचार