हमासको नियन्त्रणबाट अझै छुटेनन् विपिन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा परेको पाँच महिना पुग्नै लागेको छ।नेपालको कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको संघर्षविराममा विपिन छुटेनन् । त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन।

आगामी सोमबार रमादानको अवसर पारेर फेरि युद्धविराम गर्ने तयारी भइरहेको छ, विपिनलाई छुटाउन सरकारले के पहल गरिरहेको छरु किन असफल भइरहेको छ विपिनलाई छुटाउने नेपालको कूटनीतिक प्रयासरु इजरायल र हमासबिचमा गत नोभेम्बरमा भएको संघर्षविरामका क्रममा हमासले नियन्त्रणमा लिएका १ सय १० बन्दी रिहा भए।

जसमा अधिकांश इजरायली थिए भने हमासले थाइल्यान्ड र फिलिपिन्सका नागरिकलाई समेत रिहा गरेको थियो। तर, त्यतिखेर विपिन जोशी छुट्ने सूचीमा परेनन्। विपिनका परिवारले उनको मुक्तिका लागि आवश्यक पहल गरिदिन आफैँ र सरोकारवाला निकायमार्फत नेपाल सरकारलाई निरन्तर दबाब दिँदै आएका छन्।

इजरायल र हमासबिच फेरि युद्धविराम होला र छोरा फर्केलान् भन्ने आशामा परिवार बाटो हेरिरहेका छन्। संघर्षविरामका बेला अन्य मुलुकका नागरिक छुट्दा पनि विपिन जोशी नछुट्दा नेपालको कूटनीतिक क्षमतामाथि नै प्रश्न उठेको छ।

ताजा समाचार

सम्बन्धित समाचार