महेन्द्रनगर । निड्स नेपालको रजत जयन्तीको अवसरमा कञ्चनपुरका क्रियाशिल पत्रकार भास्कर केसि सम्मानित भएका छन् । जिल्लाको महेन्द्रनगरबाट प्रकाशित हुने सुदूर दर्पण दैनिकका सम्पादक भास्कर केसिलाई निड्सको रजत जयन्ती समारोहमा सम्मानित भएका हुन ।

उनलाई समाजिक रूपान्तरण अभियान अन्तरगत उद्यमशिलता, उत्पादन र रोजगारीको क्षेत्रमा पत्रकारिताको माध्यमले पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकार केसिलाई निड्स नेपालले एक कार्यक्रमका माझ सम्मानित गरेको हो ।

सम्मानित भएका पत्रकार केसिले आफ्नो कामको मुल्यांकन गरेर सम्मानित गरेकोमा आयोजक प्रती धन्यावाद सहित आभार व्यक्त गरेका छन् । उनले “यश सम्मानले आगामि दिनमा समेत पत्रकारिताका माध्यमले यस्तै क्षेत्रमा कलम चलाउन थप हौसला मिलेको बताए ।” पत्रकार केसि कञ्चनपुरमा विगत डेढ दशक भन्दा अघिबाट पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरका जिल्ला सचिव समेत हुन ।



