कञ्चनपुर र कैलालीबाट बोईलर कुखुरा सहित २ लाख बढीका सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट बोईलर कुखुरासहित २ लाख बढीका सामान बरामद गरिएको छ। कैलालको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ बालुवाघाट, वडा नम्बर–३ चौराह, वडा नम्बर–९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ९७ हहजार ७४० मूल्यको प्याज,चिनी,सुर्ती,साबुन,डेरी मिल्क,पटका,माछा, बोईलर कुखुरा लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै टिकापुर नगरपालिका(७ प्रतिपुरबाट २७ हजारको चिनी र गोदावरी नगरपालिका२ बनदेबी मन्दिर नजिकबाट ५५ हजार ५० मुल्यको कुर्ता सुरवाल सुट गरि जम्मा १ लाख ७९ हजार ७९० मुल्यको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उता भीमदत्त नगरपालिका(१७ महाकाली बालबिद्या नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १० हजारको प्लाष्टिक झिल्ली,बिडी, पेय पदार्थ,सुर्ती लगायतका सामानहरु र बेलौरी नगरपालिका(१ फटैयाबाट ३५ हजार मूल्यको बोईलर कुखुरा गरि जम्मा ४५ हजारको सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका बोईलर कुखुरा आवश्यक प्रकृया पुरा गरि नष्ट गरेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार