कञ्चनपुर र कैलालीबाट ४ लाख बढीका सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट ४ लाख बढीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ शान्तिनगर, वडा नम्बर–२ मिलनचोक, वडा नम्बर–३ चौराह, वडा नम्बर–८ धनगढीगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख १० हजार ३७५ मूल्यको प्याज, चिनी, मिश्री, भाँडा बर्तन, चियापत्ती, बदाम, तेल, नरिवल, मसला लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै भजनी नगरपालिका-३ जवलपुरबाट ८७ हजार ५ सय मूल्यको जुत्ता र चप्पल गरि जम्मा २ लाख ९७ हजार ८७५ मूल्यको सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उता कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटबाट भन्सार छली गरि ल्याएका १ लाख २६ हजार मूल्यको चिनी, तोरी, मोटरसाईकल २ थानसहित बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार