बडुवाल टोलमा जंगली हात्तीको आतंक उस्तै

प्रकाशित:

दोधारा । दोधारा चाँदनीको बडवाल टोलमा जगंली हात्तीले गहुँवाली नष्ट गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका स्थानियबासी हात्तीले उनिहरुको गहुँवाली नष्ट गर्न थालेपछि स्थानिय किसानहरु रातीको समयमा जंगली हात्ती खेतवारीबाट धपाउन जाग्रम बस्न थालेका छन् ।

बस्तीमा बिगत लामो समय देखि जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्ने, घरहरु भत्काउने गर्दै आएको छ् । गएराती बडुवाल टोलका किसान अम्मरे मगर, बल बहादुर मगर, पुष्पा खत्री, चन्द्रकला मगर, नर बहादुर मगर लगाएत एक दर्जन भन्दा बढीको गहुँवाली नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् ।

बिगत लामो समय देखि भारतिय जंगलबाट बस्तीमा पस्दै आएको जंगली हात्तीको कारण स्थानियहरुले निकै समस्या खेप्दै आउनु परेको छ् । बच्चा सहित आएको जंगली हात्तीले धपाउन जाँदा हात्तीले आक्रमण गर्न आउने हुदा खेतको गहुँ वाली सखाफ नगरे सम्म हात्ती नभाग्ने गरेको महाविर क्षेत्रीले बताएका छन् ।

वर्षौ देखि कायम जंगली हात्तीको समस्या समाधान हुन नसक्दा स्थानिय निराश हुदै आएका छन् । ‘हात्ती बस्तीमा पस्दा कोही थाल ठटाउछन्, कोही भने साईरन बजाउछन्, कोही आगोको धुनी बाल्छन् । अनेक थरी उपाय लगाए पनि हात्तीको हुन भाग्दै भाग्दैन्’ स्थानियबासी महाविर क्षेत्रीले भने । बिगतका दिनहरुमा सरह अहिले पनि बस्तीमा जंगली हात्तीको आतंक नरोकिएको स्थानियहरुको भनाई छ् ।

ताजा समाचार

सम्बन्धित समाचार