नेपाल भारत आवत –जावत सहजका लागि दुई पक्षविच सहजीकरण अन्तरक्रिया कार्यक्रक सम्पन्न

प्रकाशित:

महेनद्रनगर । नेपाल भारत आवत –जावत र सहज यातायात संचालनका लागि दुई पक्षविच बैठक सम्पन्न भएको छ । नेपाल भारत मैत्री संघ कञ्चनपुर तथा महेन्द्रनगर बसपार्क व्यावस्थापन समितिको प्रायोजनलमा कञ्चनपुरको गडडाचौकिमा नेपाल भारत आवत–जावत र सहज यातायात संञ्चालनको लागि एक दिने सहजिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल तथा भारतका व्यावसायी, सुरक्षा निकायका पदाधिकारी भन्सार पदाधिकारी विचको उपस्थीतिमा दुई पक्षीय बैठक तथा सहजिकरण कार्यक्रम सम्पन्न भएको नेपाल भारत मैत्री संघका अध्यक्ष कृष्ण प्रशाद पाठकले बताएका छन्। पाठकले सदियो देखि कायम रहेको नेपाल भारत विचको रोटिबेटिको सम्बन्धमा पछिल्लो समय केहि दरार आएको हुदा दुई देश विचको सम्बन्धलाई प्रगाढ र बलियो बनाउन सरोकारवाला निकाले मिलेर समाधान गर्नु पर्नेमा जोड दिएका छन ।

गड्डाचौकी सीमानामा भारती सीमा सुरक्षा बल एसएसवीहरुले चेकजाचका नाममा नेपालीहरुलाई अन्याआसै दुख दिने, नेपाली सवारी साधन आवागमनमा समस्या, भारतबाट क्यारिङ गर्ने क्यारिङकर्ताहरुलाई पनि दुरव्यावहार लगाएतका सीमानामा देखिएका समस्याका कारणले दुवै देशका नागरिक,सुरक्षाकर्मी,भन्सार अधिकारी विच कुनै किसिमको वादविवाद नभई सीमामा नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सहज वातावरण बनोस् भन्ने उदेश्यका साथ सहजिकरण अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको कृष्ण प्रशाद पाठकले बताएका छन् ।

त्यस्तै बनबासा व्यापार मन्डलका नवनिर्वाचित अध्यक्ष भरत भन्डारीले गड्डाचौकी सीमानाका आवतजावतमा सहजताका लागि दुई देशविचको सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्नेमा जोड दिएका छन् ।व्यायापार व्यावसाय होस् या सीमानाकामा आवत –जावतको समस्याहोस् उद्योग वाणिज्यसंघ कञ्चनपुरसंग छिटै बैठक बसी समाधानको पाटोमा जाने अध्यक्ष भन्डारीको भनाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार