Saturday, July 27, 2024

भीमदत्तका मेयर र उपमेयरको यातायात खर्च विवरण माग

प्रकाशित:

महेन्द्रनगर । क्रान्तिकारीे युवा संगठन नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिकाका नगर प्रमुख (मेयर) र उप प्रमुख (उप मेयर) को यातायात खर्च विवरण माग गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगर प्रमुख पदम बोगटी र उप प्रमुख निलम लेखक जोशी भीमदत्त नगरपालिकामा निर्वाचित भएको मिति देखि हाल सम्म भएको यातायात खर्चको विवरण माग गरिएको छ ।

आइतवार भीमदत्त नगरपालिकाको सूचना अधिकारीलाई सम्बोधन गर्दै बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले नगर प्रमुख र उपप्रमुखको यातायात खर्च तत्काल उपलब्ध गराउनका लागि निवेदन गरेको छ ।

क्रान्तिकारी युवा संगठन कञ्चनपुरका जिल्ला संयोजक भुवन भट्टद्वारा हस्ताक्षरित निवेदनमा संविधान धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा १ बमोजिम संगठनलाई तत्काल खर्च विवरण उपलब्ध गराउन निवेदन गरिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार