Tuesday, July 23, 2024

कञ्चनपुरबाट दुई लाख बढीको तस्करीको सामान जफत

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट प्रहरीले तस्करीको सामान जफत गरेको छ। भीमदत्त नगरपालिका–१० भुजेलाबाट भन्सार छलिका अन्दाजी १ लाख ५७ हजार २ सय मुल्य बराबरको किरानाका सामान, कस्मेटिकका सामान,साईकलको टायर, खेलौना, दुध पाउडर, तेल लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै पुनर्वास नगरपालिका–११ जानकीटोलबाट अन्दाजी ७७ हजार ८ सय मुल्य बराबरका लेडिज कपडा, मखमलको काँचो कपडा, साडी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान बरामद गरिएको छ।
आज ९आइतवार० बिहान प्रहरी गस्ती टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार