दृष्टि फाउन्डेसनलाई तरुणदल धनगढीद्धारा खाद्यान्न सहयोग

प्रकाशित:

धनगढी । नेपाल तरुण दल धनगढी उपमहानगर समिती कैलालीले दृष्टि फाउन्डेसनमा खाद्य सामग्री सहयोग गरेका छन् । शनिवार धनगढी उपमहानगरपालीका वडा नम्बर १३ मा रहेको फाउन्डेसनमा खाद्य बस्तुको आवश्यकता लाई मध्यनजर राख्दै तरुण दल धनगढीले खाद्यान्न सहयोग गरेको हो ।

नेपाल तरुण दल धनगढी उप महानगर समिती कैलालीका उपाध्यक्ष नवीन रावलले चामल, तेल, बिष्कुट ,चिउरा आदि लगायतको खाद्यान्न सहयोग गरिएको जानकारी दिए । उपाध्यक्ष रावलले सोही दिन फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको जन्मदिन परेकाले खाद्यान्न सहयोग गर्दै जन्मदिनको शुभकामना दिएको बताए। जन्मदिनको अवसरमा तरुण दलका युवाहरूले असहाय महिलाको अभिभावक भट्ट रहेको भन्दै धन्यवाद दिदै कार्य सफलताको शुभकामना ब्यक्त गरेका थिए।

दृष्टि फाउन्डेसन असहाय महिलालाई आश्रय दिएको सामाजिक संस्था हो। यस्तै दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले खाद्यान्न सहयोग गरेको भन्दै तरुण दल धनगढी उप महानगर समितीलाई धन्यवाद दिइन्। आफ्नो जन्मदिन मनाउँदै केही सहयोग गरेर जाने आज मेरै जन्मदिन मनाएर खाद्यान्न सहयोग गरेकोमा खुसी हुँदै अध्यक्ष भट्टले तरुण दललाई धन्यवाद समेत दिइन्। अध्यक्ष भट्टले तरुण दलको राजनैतिक यात्रामा लम्किएका पाइलाहरुले सफलताको शुभकामना दिएकी छिन्। खाद्यान्न सहयोग कार्यक्रममा तरुण दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

 

 

ताजा समाचार

सम्बन्धित समाचार