महिला नगर प्रहरी मृत फेला

प्रकाशित:

दार्चुला । दार्चुलामा महिला नगर प्रहरी मृत फेला परेकी छन्। प्रहरीका अनुसार महाकाली नगरपालिकामा कार्यरत नगर प्रहरी अन्दाजी २१ वर्षीया रविना पल्याल आइतवार मृत फेला परेकी हुन् ।

महाकाली-८ घर भई सोही पालिकाको वडा नम्बर ४ खलंगामा डेरा गरी बस्ने उनी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार