महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ गडडा्चौकीमा रहेको श्री भुवनेश्वरी विद्या मन्दिरले २५ औ रजत जयन्ती वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
पश्चिम सीमाना नेपाल भारतको सीमाना गडडा्चौकी अवस्थीत भुवनेश्वरी विद्या मन्दिरले सनिबार विविध साँस्कृतिक कार्यक्रम गर्दै २५ औ वार्षिकात्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।२०५६ सालमा स्थापना भएको भुवनेश्वरी विद्या मन्दिरले स्थापनाकालको २५ औ बशन्त पुरा गरेको हो ।
स्थापनाकालमा ५ जना विद्यार्थीहरुका साथ निशुल्क भर्ना र अध्ययन शुल्क न्युनतम ८० रुपैया बाट सुरु गरेको विगतलाई सम्झेर पछिल्लो समय विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी यस क्षेत्रका वडा नम्बर ५,६,९,१०,११,१२,१३,१७, दोधारा चाँदनी सम्मका करीब ९ सय ६७ जना विद्यार्थीहरु भुवनेश्री विद्या मन्दिरमा अध्यनरत रहेको भुवनेश्री विद्या मन्दिरका प्राध्यापक शत्यस बहादुर चन्दले बताएका छन् ।
देशका होनाहार ,कर्णधार नागरिक उत्पादन गर्न सफल सामाजिक विकासको संस्थामा अग्रणी स्थानमा उभ्याउन र गुणस्तरीय शिक्षालाई उस्काउने अवधारणा आत्मसाथ गर्दै यस जिल्ला भित्र र जिल्ला बाहिर हुुने अन्य अतिरिक्त क्रियाकलापमा भाग लिई विद्यार्थीको स्वेच्छा अनुसार सफलता हासिल गर्दै आईरहेको प्र्राध्यापकले जानकारी दिएका छन् ।हाल भुवनेश्री विद्या मन्दिरमा २८ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराईरहेको चन्दको भनाई रहेको छ ।
२०६६ देखि÷ ०७९ सम्म भुवनेश्वरी विद्यामन्दिरमा अध्यनरत रहेका १४ ब्याज विद्यार्थीले एसइई पास गरेर पासहाउट भएका छन् ।१० कक्षा भुवनेश्री विद्यामन्दिरबाट उर्तिण भएका विद्यार्थी १९ जना विद्यार्थी ईन्जिपनयर अध्यनरत, १४ जना विद्यार्थी उच्च शिक्षा अध्यनको लागि ईस्टुडेन्ट भिसामा विदेश गएका ,२ जना सिए अध्यनरत,२ जना एमबिबिएस अध्यनरत,७ जना ओभरसियर, ४ जना फार्मेसीस्ट,२ जना स्टाफनर्स,१जना विद्यार्थी नेपाल सरकारदले तोकेको पुर्णछात्रवृतिमा नाम निकाल्न सफल भएको प्राध्यापकले बताए ।
वार्षिकोत्सव तथा अभिभावक समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकाराका निवर्तमान आर्थिक मामिला मन्त्री प्रकाश रावलले भुवनेश्री विद्या मन्दिरले यस क्षेत्रमा रहेका विभिन्न विपन्न वर्गका नानि बाबुहरुलाई शिक्षामा निशुल्क महत्वपुर्ण योगदान दिएको भन्दै अभिभावकको अगाडि आफुलाई स्थापित गर्ने काम गरेको बताए ।
मन्त्री रावलले राज्यले आधारभुत विद्यालय तथा मावि विद्यालयहरु पालिकाको जिम्ेवारीमा दिएको भएतापनि पालिकाले सहि ढंगले नियमन गर्ने नसकेको कारण सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको विकास हुन नसकेको बताएका छन् । विद्यालयले लामो समयदेखि खेलकुद,शिक्षा लगाएतका महत्वपुर्ण क्षेत्रमा योगदान पुराउने व्याक्तिहरुलाई खादा माला तथा प्रशंसापत्रले सम्मान गरेको थियो ।