घरमा आगलागी हुँदा एकजना जलेर घाइते

प्रकाशित:

अछाम । अछाममा एक घरमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी भएको हो। आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएका छन्।

आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई आज ९शनिवार० बिहान १० बजेतिर आगलागी भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार