भीमदत्तका ४० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाईदै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले भीमदत्त नगरपालिकामा बसोबास गर्ने ४० हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने भएको छ ।

यहि फागुन १३ गते देखि २३ गते सम्म चल्ने दादुरा –रुबेला खोप विरुद्धको अभियानमा भीमदत्त नगरपालिका अन्र्तगत रहेका १९ वटै वडाका ४० हजार बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने जनस्वास्थ्य अधिकृत तथा भीमदत्त र नगपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले बताएका छन्।

जोशीले फागुन १३ गते देखि २२ गते सम्म चल्ने दादुरा –रुबेला विरुद्धको खोप अभियानमा ९–देखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाईने बताए । नगरभरीका सामुदायीक विद्यालयमा १ सय ९४ खोपकेन्द्र रहेका छन्। जसमध्य प्रत्येक दिन प्रत्येक खोप केन्द्रमा २ सय ५० जना बालबालिकाले खोप लगाउन सक्ने छन् ।पहिलो चरणमा सामुदायीक विद्यालयमा खोप संञ्चालन गर्न र दोस्रो चरणमा स्वास्थ्य चौकि र स्वास्थ्य संस्थाबाट पनि खोपकेन्द्र राखेर खोप दिने जनस्वास्थ्य अधिकृत जोशीले जानकारी दिएका छन् ।
््र्र

 

ताजा समाचार

सम्बन्धित समाचार