Tuesday, July 23, 2024

कञ्चनपुरबाट डेढ लाख बराबरको तस्करीको सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट डेढ लाख बराबरको तस्करीको सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका ११ चौकीसत्ताबाट भन्सार छलिका अन्दाजी १ लाख ४० हजार ९५४ मुल्य बराबरको चिनी, मिश्री, मिठाई, दाल, सुट, जुत्ता, किराना, हार्डवेयर, कस्मेटिक लगायतका सामान बरामद गरिएको छ।

यस्तै सोहि पालिकाको १६ नम्बर वडा मझगाँउबाट अन्दाजी ७ हजार मुल्य बराबरको दाल गरि जम्मा १ लाख ४७ हजार ९५४ मुल्य बराबरको सामान प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको सामान कारबाहीका लागि भन्सार कार्यालय गडडाचौकी पठाएको जिल्ला प्रहरी कायाृलय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार