Sunday, July 21, 2024

लागूऔषधसहित दुईजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट लागूऔषधसहित गोदावरी र बैतडीका युवक पक्राउ परेका छन्।पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट ४४० मिलिग्राम लागूऔषधसहित भारतको बसहीबाट नेपाल तर्फ आउदै गरेको कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम लागूऔषधसहित भारतबाट नेपाल तर्फ आउदै गरेको बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई बुधवार साँझ पक्राउ गरेको हो। यी दुबै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार