एक वर्षमा २ किलोमिटर सडक कालोपत्र

प्रकाशित:

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले एक वर्षमा २ किलोमिटर सडक कालोपत्र गरेको छ। जिल्लाको गौरीगंगा नगरपालिकाले गत आर्थिक वर्ष २०७९र०८० मा २ दशमलव १४९ किलोमिटर सडक कालोपत्रको काम पूरा गरेको हो।

नगरपालिकाले गत आर्थिक वर्षमा ११ वटै वडाहरूमा २ दशमलव १४९ किलोमिटर सडक कालोपत्रको काम पूरा भएको छ। नगरपालिकाले सबै वडाहरूमा ९ दशमलव ७४४ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो। तर, निर्माण कम्पनीहरूले एक वर्षमा २ किलोमिटर सडक कालोपत्रको काम सकेका हुन्।

नगरपालिकाले गोप्का सडकको तीन दशमलव ७५ किलोमिटर कालोपत्रका लागि २४ लाख ८७ हजारमा ठेक्का सम्झौता गरेको थियो। झिलको बिच टोल सडकको तीन दशमलव ७५ किलोमिटर सडक कालोपत्रका लागि ११ लाख ६० हजारमा सम्झौता गरिएको छ। तालबन्द सडकको ५ दशमलव ५ किलोमिटर कालोपत्रका लागि २० लाख ६७ हजारमा सम्झौता गरिएको छ। बडैपुर शिविर सडकको तीन दशमलव ७५ किलोमिटर कालोपत्रका लागि १८ लाख ६८ हजारमा सम्झौता भएको छ।

नगरपालिकाले सुन्दरपुर–भैसासुर सडकको चार दशमलव ५ किलोमिटर कालोपत्रका लागि २५ लाख ३७ हजारमा ठेक्का सम्झौता गरेको थियो। वडा नम्बर ४ को कार्यालय जाने तीन दशमलव ७५ किलोमिटर सडक कालोपत्रका लागि २० लाख ३१ हजारमा सम्झौता गरिएको छ।

धवै शान्ति टोलको चार दशमलव ५० किलोमिटर सडक कालोपत्रका लागि ४८ लाखमा ठेक्का सम्झौता भएको छ। झिल–आमवारी तीन दशमलव ७५ किलोमिटर सडक कालोपत्रका लागि ३४ लाख ४७ हजारमा ठेक्का सम्झौता गरिएको छ। खानेपानी ट्याङ्की–मनकापुर पाँच दशमलव ५० किलोमिटर सडक कालोपत्रका लागि १३ लाख ४० हजारमा ठेक्का सम्झौता भएको छ।

यस्तै, गोप्का देउथान–मोहन्याल विद्युत सहकारीसम्मको तीन दशमलव ७५ किलोमिटर सडक कालोपत्रका लागि २८ लाख ६८ हजारमा सम्झौता गरिएको थियो। उदासी पाँच दशमलव ५० किलोमिटर सडक कालोपत्रका लागि ३० लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ। वासुदेव–भोजपुर–बेहडाबाबा तीन दशमलव ७५ किलोमिटर सडक कालोपत्रका लागि ७७ लाख १६ हजार, राजीपुर–खुरखुरीया ५ दशमलव ५० किलोमिटर कालोपत्र गर्न १३ लाख ४ हजार, सालघाडी शिविरदेखि बालुवाटार चार दशमलव ५० किलोमिटर सडक कालोपत्रका लागि ५७ लाख ४५ हजारमा ठेक्का गरिएको छ।

मायाराम विकको घरदेखि विद्युत्सम्मको तीन दशमलव ७५ किलोमिटर सडक कालोपत्र गर्न २७ लाख चार हजार, कैलाशपुर पाँच दशमलव ५० किलोमिटर सडक कालोपत्र गर्न ३१ लाख २३ हजार, बेतानीदे चम्फापुर तीन दशमलव ७५ किलोमिटर सडक कालोपत्र गर्न २४ लाख ५४ हजार, महादेवा माविदेखि शंकर प्राविसम्मको तीन दशमलव ७५ किलोमिटर सडक कालोपत्रका लागि २५ लाख ७६ हजार, चुल्लुराम चौधरीको घरदेखि भीम उप्रेतीको घरसम्म चार दशमलव ५० किलोमिटर सडक कालोपत्रका लागि ३५ लाख ७३ हजारमा ठेक्का गरिएको थियो। मसुरिया चार दशमलव ५० किलोमिटर सडक कालोपत्रका लागि ४६ लाख ९६ हजारमा ठेक्का सम्झौता गरिएको छ।

ठेक्का सम्झौता गरिएका सडकहरूको काम पूरा नभएकाले गत आर्थिक वर्षमा न्यून प्रगति देखिएको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमा १३ दशमलव ५७ किलोमिटर सडक सब बेस र नौ दशमलव ७४४ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको हो। १२ दशमलव ५५ किलोमिटर सडक गत आर्थिक वर्षमा स्तरवृद्धि गरिएको छ। नगरपालिकामा सडक कालोपत्रको चरणमा रहेकाले चालु आर्थिक वर्षमा भौतिक प्रगति धेरै हुने दाबी गरिएको छ। चालु आर्थिक वर्ष २०८०र०८१ मा ७ लाख ८४ हजारको गौरीगंगा वडा नम्बर ५ मा सडक निर्माणका लागि सम्झौता भएको छ। चालु आर्थिक वर्षमा नगरपालिकाले पुराना योजनाहरूलाई प्राथमिकतामा राखेको हो।

 

ताजा समाचार

सम्बन्धित समाचार