भुकम्प पिडितहरुलाइ राहत स्वरुप बल्याङकेट बितरण

प्रकाशित:

मष्टा गाउपालिकाका भुकम्प पिडितहरुलाइ आज राहत स्वरुप बल्याङकेट बितरण गरीएको छ । ग्रामीण विकास तथा महिला एकता केन्द्र सँस्थाका सँस्थापक अध्यक्ष एबम नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको सहयोग र नेपाल तरुण दलका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका युवा नेता बिष्णु ऐडिको पहलमा प्राप्त व्ल्याङकेट आज मष्टा गाउपालिका वडा नमबर १ का ९ जना भुकम्प पिडितहरुलाइ हस्तान्त्रण गरीएको हो ।

सरकारले दिने सुबिधा आफुहरुलाइ सँस्थाबाट पाएको बताउदै राहत पाएपछि भुकम्प पिडित खुसी भएका छन् । रुडुक सँस्थाका सँस्थापक अध्यक्ष एबम नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले बझाङका भुकम्प पिडितहरुको लागी २० वटा व्ल्याङकेट प्रदान गर्नुभएको थियो । फागुन ७ गते छबिसपाथीभेरा गाउपालिका वडा नम्बर १ का भुकम्प पिडितहरुलाइ प्रदान गरीने र बाकि ठाउमा वडा कार्यालयलाइ जिम्मेवारी दिइने युवा नेता ऐडिले बताउनुभयो ।

 

ताजा समाचार

सम्बन्धित समाचार