अत्तरिया । कैलालीको जानकी गाउँपालिकाबाट अबैध काठ बरामद गरिएको छ। जानकी गाउँपालिका(९ मतिया स्थित सडक खण्डको पश्चिम तर्फको खाली जग्गामा साल जातको (३८.७ क्यू फिट) गोलिया ५ थान आईतवार दिउँसो बरामद गरिएको हो।

प्रहरी चौकी अमरावती, कैलालीबाट खटिएको प्रहरी टोलिले बेवारीसे अबस्थामा सालको काठ फेला पारी बरामद गरेको जनाएको छ। उक्त काठ आवश्यक कारवाहीको लागि टिकापुर सब डिभिजन वन कार्यालयलाई बुझाइएको छ।
