गाउँमा कल्भर्ट निर्माण हुदाँ स्थानीय हर्षित

प्रकाशित:

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–१ को आश्रम टोलर बनदेबी टोलको खोलामा पाईप कल्भर्ट निर्माण हुँदैगर्दा स्थानीय हर्षित भएका छन । नगरपालिकाका १२ वटै वडा भित्र चुनावको समयमा पालिका भित्र कुन ठाउँमा के समस्या छन त्यसै अनुसार अगाडि बढेको नगरप्रमुख विरेन्द्र भट्टले बताए । नगरमा भएका समस्याहरु आफ्नो बजेटले सक्नेजति त्यस अनुसार गर्ने गरेको उनले बताए । पालिकाको रकमबाट सम्भावना नभएमा दातृ निकाय संघसंस्थाहरुको सहयोगमा समस्याको समाधान गर्ने गरेको नगर प्रमुखको भनाई रहेको छ ।

नगरपालिका भित्र स्थानीय चुनावको समयमा गरेका बाचाहरु पुरा गर्दैगर्दा यस बस्तीका करिव २०–२५ घरधुरीका लागि सवारी साधन गुड्ने गरी पाईप कल्भर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी प्राबिधिकले बताए । यस कल्भर्टको लागि छेउपट्टी ग्याविन जालीले सहितको पक्की खाले सडकका लागि काम अगाडि बढिरहेको छ । निर्माणका क्रममा के कसरी हुदै गरेको छ रु भनि अनुगमन गरिएको भईरहेको छ ।

बिगतका बर्षमा बिद्युतको पोललाई वारीपारी पुग्ने गरी तेस्याई वारपार गर्ने गर्दथे भने अहिले निर्माणाधिन अवस्था देखि नै सवारीसाधन गुड्न मिल्ने भै सकेको र केही दिनमा नै निर्माण सम्पन्न हुने जानकारी स्थानीय कृष्णबहादुर बिष्टले बताए । स्थानीय सरकारले कल्भर्ट बनाउदै गरेको र यसै महिना भित्र सम्पन्न गर्ने गरी सडक बाटो बनेपछि स्थानीयलाई धेरै सुविधा भएकोले त्यहाँका सबै बासिन्दामा खुशीयाली छाएको अर्को स्थानीय निर्माला बोहराले बताईन ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार