वनबाट काठ तस्करी

प्रकाशित:

धनगढी । कैलालीको गोदावरीका वनहरूबाट काठ तस्करी हुँदै आएको फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ को वसन्तपुर महिला सामुदायिक वनबाट सिसमको काठ तस्करी हुने गरेको फेला पारेको हो।

सब डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख निराजन कडेलका अनुसार वनमा काठ काट्दै गरेका बच्चु चौधरी र फागुराम चौधरीलाई पक्राउ गरिएको छ। उनीहरूले विवाहका लागि दाउरा काट्दै गएको बताएका छन्। तर, सिसमको काठ भएकाले छोडिएको छैन। उनले मुद्‍दा चलाउने वा सामुदायिक वनको जिम्मामा दिने विषयमा छलफल जारी रहेको बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार