बाल्टीमा भरेर राखिएको पानीमा डुबेर बालिकाको मृत्यु

प्रकाशित:

अत्तरिया । कैलालीमा बाल्टीमा भरेर राखिएको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ शान्तिनगरमा एक वर्षीया आरोही चौधरीको बाल्टीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोही नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेकि थिइन् । उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो तर, उपचारकै क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार