बेलौरी नगरपालिकामा सात दिने उदघोषण तालिम शुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सात दिने उदघोषण तालिमको आयोजना गरिएको छ । आईतवारदेखी सुरु भएको तालिम एक हप्ता सम्म संचालनमा आउने पालिकाले जनाएको छ । बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा र नेपाल आदिवासी जनजाती महासंघ बेलौरी नगर समन्वय समितिको आयोजनामा सात दिने उदघोषण तालिम सुरु भएको हो ।

नेपाल आदिवासी जनजाती महासंघ बेलौरी नगर समन्वय समितिका अध्यक्ष किसन गमुवाको अध्यक्षता र बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीको प्रमुख अतिथिमा कार्यक्रमको आयोजना गरिएको थियो । उदघोषण तालिममा चौधरी, राना, तामां मगर र नेवार गरी पाँच जातिका युवाहरुको सहभागीता रहेको आयोजक संस्थाले जनाएको छ ।

समय समयम हुने गरेको विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि सक्षम बनाउने उदेश्ले सो तालिम दिन लागेको नेपाल आदिवासी जनजाती महासंघ बेलौरी नगर समन्वय समितिका अध्यक्ष किसन गमुवाले बताउनु भयो । पछिल्लो समयमा युवाहरुले आफनो गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा आफै पनि कार्यक्रम संचालन गर्ने परिपाटी भई रहेको अवस्थामा यो तालिमले थप सहजता दिने उहाँले बताउनु भयो ।

यसै गरी आगामी दिनमा पनि आदिवासी जनजातीका युवा लगायतकाहरुलाइ विभिन्न किसिमका तालिम प्रदान गरेर सशक्त बनाउदै लैजाने उद्घोषण तालिमका प्रमुख अतिथि तथा नगरप्रमुख पोतीलाल चौधरीले बताउनु भयो । पालिकाले जनजाती युवा महिलाहरुका लागी पनि रोजगार मुलक कार्यक्रम गर्नका लागी पनि बजेट विनियोजन गरेर काम गरिरहेको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार