महेन्द्रनगर । जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका – ७ टेडीया बस्ने ४० वर्षीय हरिचन्द्र रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका(७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।