महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट अवैध कुखुरा बरामद गरिएको छ। कैलालीको भजनी नगरपालिका–७ दक्षीणपुराबाट भन्सार छलिका अन्दाजी ८ हजार ४ सय मुल्य बराबरको ३५ केजि बोईलर कुखुरा शुक्रवार दिउँसो प्रहरले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाँउबाट भन्सार छलिका अन्दाजी १५ हजार मुल्य बराबरको ५० केजि बोईलर कुखुरा आज दिउँसो प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको बोइलर कुखुरा नष्ट गरिएको छ।