कृष्णपुरमा तटबन्धको ढुङ्गा तस्करी गरिरहेको ट्याक्टर प्रहरी नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कष्णपुर नगरपालिका–२ वाणिस्थित बनारा नदीबाट ट्याक्टर प्रहरीले नियन्त्रण गरेको छ । शुक्रबार बिहान बनारा खोला किनारको तटबन्धबाट ढुङ्गा तस्करी गरिरहेको अवस्थामा टिप्परलाई नियन्त्रणमा लिईएको हो ।
अस्थायी प्रहरी पोष्ट वाणिले ना ३ त ९०८५ नम्बरको टेक्टर नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय झलारीले बनार पुल नदीकैबाट टेक्टर नियन्त्रण लिईएको जनाएको छ ।

ईप्रका झलारीका प्रमुख बिर बहादुर बुढाऐरले चालक श्याम रानासहित टेक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बताए । उनले ट्याक्टरलाई नगरपालिकाको जिम्मा लगाउने तयारी समेत भईरहेका उनले बताए । सार्वजनिक सम्पत्ति दोहनसँगै तस्करी गरिएकोमा स्थानीयले विरोध जनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार