महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका वडा-९ मा रहेको खुटिया नदीको शेहरीमा बृहत रुपमा तटबन्धन निर्माण थालिएको छ । गोदावरी नगरपालिकाको खुटिया नदीको तल्लो तटिय क्षेत्रमा बर्सातको समयमा बाढी आई गाउँ बस्ती नै उठिबास हुन बाट बचाउनका लागि एडिबि (जनता तटबन्ध कार्यक्रम) र गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा गोदावरी नगरपालिकाको सेहरीमा तटबन्धको काम शुरू भएको हो ।
कैलाली र कञ्चनपुरमा १२ प्याकेज अन्तरगत खुटिया नदीमा मात्र ५ ओटा क्षेत्रमा तटबन्धन गरी रहेको जानकारी जनता तटबन्ध कार्यक्रमका प्रोजेक्टका सव ईन्जिनियर प्रकाश खड्काले बताए । २०७८ असार १५ गते बाट संचालित कार्यक्रम यही मिति २०८१ असार १४ गते सम्म सम्पन्न हुने गरी निर्माण कार्य जारी रहेको छ । र राजेन्द्र निर्माण सेवाले निर्माण गर्दै आएको छ ।
गोदावरीको वडा-९, धनगढी उपमहानगरपालिकाको वडा न। ३, १३, १५ र १७ तथा कृष्णपुरको ७,८ र ९ वडामा जनता तटबन्ध कार्यक्रमबाट काम थालेको छ । कैलाली कञ्चनपुरमा एडिबीले ५१ करोड ५८ लाख ७२ हजार ५६६ रुपैयाँको अनुदानमा बस्ति बचाउनका लागि १२ किलोमिटर टतबन्धनका कार्य गर्दै आएको छ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । समयमै गुणस्तिरिय र जनताका लागि केन्द्रित भएर काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । गोदावरी नगरपालिका -९ को सीमा भएर बग्ने ठाउँमा तटबन्ध निर्माण शुरू भएको हो । तेसै गरी अनुगमनमा बोल्दै वडा नं ९ का वडा अध्यक्ष रामलाल चौधरीले भने,जनताको हितका लागि आफू राजनितिमा आएको रखोला नदीबाट जनता बचाउन आफू निरन्तर लागि रहेको बताए ।
खुटिया नदीको शेहरीको भेगमा वारी पट्टी गोदवारी नगरपालिका वडा न। ९ र पारी पट्टी धनगढी–१७ मा खुटिया नदीले वर्षेनि सडक र खेतीयोग्य जमिन कटान गर्दै आएपछि गोदावरी नगरपालिकाले ग्याविन जाली सहितको पक्कीखाले तटबन्धन गरिरहेको जानकारी ननगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए । अहिले तटबन्धनको काम जारी नै रहेको जानकारी दिए ।
नदी कटानको समस्या बढ्दै जाँदा वर्षेनी तटीय क्षेत्र आसपासको सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत हुने गरेको छ । चुरे क्षेत्रबाट निस्किने नदी तथा खोलामा वर्षेनी आउने भेलले लेदो माटो, ढुङ्गा र बालुवा बगाएर ल्याएसँगै नदी तथा खोलाको सतह बढ्दा बाढी र डुबानको समस्या पनि बढ्दै गएको प्राविधिकको भनाइ छ । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, गोरीगङ्गा, कान्द्रा काँडा, शिवगङ्गा, घुराहा नदीले बढी कटान गर्ने गरेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको कटानको समस्या पनि छ ।