महेन्द्रनगर । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको यात्रु बस कपिलवस्तुमा दुर्घटना भएको छ । कपिलवस्तुको सुरईनाका खोलामा वस दुर्घटना हुदा १० जनाको मृत्युु भएको छ । राति २ वजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाईते भएका छन ।
दुर्घटनाका घाइते भएकाहरु मध्ये सामान्य केहीको कपिलवस्तुकै चन्द्रौटामा उपचार भैरहेको छ भने अन्य केहीको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको वस महेन्द्रनगर वाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुको सुरईनाकामा दुर्घटनामा परेको हो ।
सुनौलो यतायात प्रालिको उक्त वस सुरईनाका खोलाको पुल पार गर्ने बित्तिकै सडकवाट करिव २ सयमिटर तल खोलामा खसेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्कालै घटनास्थलवाट समयमै उद्वार गरेको छ । रातिदेखि नै आफुहरु उद्वारका लागि घनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।