अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाको खोला नदीहरुबाट ढुंगा, गिट्टी, बालुवा ल्याएका ट्याक्टर, टिप्परहरुको चेकजाँचमा नगर प्रमुख बिरेन्द्र भट्ट आफै फिल्डमा खटिएका छन । मंगलबार खुटियाबाट आउदै गरेका ट्याक्टरहरुले रोयल्टी बुझाएर ल्याएको छन की छैनन भन्दै आफै खटिएका हुन ।

पछिल्लो समय गोदावरी नदी–खोलाको चर्चा स्थानीय देखि राष्ट्रिय मिडियामा चर्चा चल्दै गर्दा के साच्चै रुपमा खोलानालाको दोहन भएको हो त रु पालिका भित्रका केही प्रतिपक्ष साथिहरुको भूमिकालाई मिडियाबाजी गर्नु औचित्यहिन रहेको समेत मेयर भट्टले प्रष्ट पारेका छन । ‘काम गर्ने शिलशिलामा केहि कमजोरी भएको होला’, उनले भने । ‘तर, वाहिर हल्ला भए जस्तो वास्तवमा फिल्डमा छैन् ।’

पछिल्ला समयमा किन पालिकाको बद्नियत गर्दै हिडेका छन भनि अनुगमनमा जादै गर्दा खोलाबाट गिट्टी बालुवा ल्याउने ट्याक्टरहरुलाई छड्के चेकजाँच गरेको उनले बताए । ट्याक्टर, टिप्परमा बालुवा, ढुंगा, गिट्टी लैजाने हरुका के कस्ता समस्या देखिएका छन रु पालिकाको तर्फबाट के गर्न सकिन्छ भन्ने बारे जानकारी समेत लिएका थिए ।

नगरपालिकाले ढुंगा, गिट्टी बालुवाको रोयल्टी उठाउनका लागि ४–५ पटक सूचना जारी गर्दा समेत कुनैले पनि टेण्डर हाल्नका लागि चासो नदिए सँगै पालिकाले आफ्नै कर्मचार खटाएर ढुंगा बालुवाको रोयल्टी उठाउदै छ ।
मेयर भट्टले तीनपटक ठेक्का आह्वान गर्दा पनि कसैको नपरेपछि बाध्य संकलन गर्नुपरेको बताउँछन् । ‘विकास निर्माण ठप्प भयो भनेर निर्माण व्यवसायी, ट्याक्टर व्यवसायी, टिपर व्यवसायीहरू डेलिगेसन आउन थाले । हामीले पनि प्रेसर थेग्न सकेनौं’, उनले भने, ‘विकासका कामहरू ठप्प हुने देखेर काम गराएको हो ।’
प्रदेश सरकारले यसअघि खोलानालाको ठेक्का हाल्नेलाई ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने प्रावधान राखेका कारण ठेक्का नपरेको उनको भनाई छ । ‘प्रदेश सरकारले ठेक्काको कबोल अंकको ५० प्रतिशत धरौटी मागेको थियो, हामीले मुख्यमन्त्रीज्यूलाई भेटेर त्यो सहज गर्न अनुरोध गरेपछि अहिले २० प्रतिशत, ४० प्रतिशत र ४० प्रतिशत गरी तीनवटा किस्तामा कबोल रकम दिने सहमति भएको छ, हामीले त्यहीअनुसार ठेक्का पनि आह्वान गरेका छौं’, मेयर भट्टले भने ।
नदीजन्य पदार्थको उत्खननका खबर केही दिनदेखि सामाजिक सञ्जालमा आएपछि जिल्लास्तरीय अनुगमन समितिको टोलीले आइतबार गोदावरी, खुटिया र खैराना गरी तीनवटै नदीको अनुगमनमा गरिएको हो ।


