जनकारबाही भन्दै लम्कीचुहाका शिक्षा अधिकृतलाई कालोमोसो दलियो

प्रकाशित:

महेन्द्रनगर । कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलिएको छ ।

सोमवार अधिकृत न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरुले जन कार्वाही स्वरुप कालोमोसो दलेको बताएका छन् ।

अधिकृृत न्यौपानेले नगरपालिकाभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकलाई अभद्र व्यवहार गरेको, संघिय अनुदान कोटाका शिक्षकसँग कमिशन लिएको, खेलकुदका सामाग्री खरीदमा कमिशन खाएको, विदाको दिन सार्वजनीक सवारी साधनको दुरुपयोग गरेको भन्दै क्रान्तिकारी युवा संगठन नेपालले जनकार्वाही स्वरुप कालोमोसो दलेको जनाएको छ ।

क्रान्तिकारी युवा संगठन नेपालले जनकार्वाही किन भन्दै यस्तो लेखेको छः

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार