Saturday, July 27, 2024

महाकाली नदीमा खसेका व्यक्तिको सकुशल उद्धार

प्रकाशित:

महेन्द्रनगर । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ रिङ्गतालस्थित महाकाली नदीको किनारामा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोही नगरपालिका १ छापरी बस्ने अन्दाजी ४२ वर्षीय मदन कुँवर मादक पदार्थ सेवन गरी छापरीबाट खलंगातर्फ जाने क्रममा महाकाली नदीको किनारामा निर्माण भएको बाँधबाट खसेका थिए।

कुंवर नदी किनारमा खसे लगत्तै नं. ४४ गण दार्चुलाबाट झोलुङ्गेपुल सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो। उद्धारपश्चात उनलाई दार्चुलाको झोलुङ्गेपुलस्थित हेल्थडेस्कमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल दार्चुलातर्फ पठाइएको छ।

उनको टाउकोमा चोट लागेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार