Saturday, July 27, 2024

कञ्चनपुरको दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीयाको प्राविधिक सहयोगमा १० लाख रुपैयाँभन्दा बढीको लागतमा यन्त्र जडान गरिएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जडान गरिएको यन्त्रले स्वचालितरूपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले जानकारी दिए । बाढीबाट बर्सेनी हुने धनजनको क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने सुरुआत गरेको उनले बताए। प्रमुख शाहले जडान गरिएको यन्त्रले १०र१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने बताए। उनका अनुसार यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहन्छ। वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने उनको भनाइ छ।

नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीबारे निरन्तररूपमा जानकारी दिन सजिलो हुने उनले बताए। समूहगतरूपमा एसएमएस गरेर बाढीबारे प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सकिने उनले जनाए। बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि यन्त्रले सहयोग पुर्‍याउने उनको भनाइ छ।

यन्त्र जडानले आपत्कालीन सञ्चालन केन्द्र राखिएको ‘डिस्प्ले’मा बाढीको जानकारी अद्यावधिक भइरहने हुनाले पूर्वसूचना प्रणाली बलियो हुने निड्स कञ्चनपुरका विपद्सम्बन्धी कार्यक्रम संयोजक नवीन भट्टले बताए। ‘यसबाट नदीको तल्लो तटीय क्षेत्र लालझाडी, पुनर्वास, बेलौरीलगायतका पाँच हजार परिवारको सुरक्षा हुन्छ’, उनले भने, ‘बाढी प्रभावित क्षेत्रका बासिन्दाले बाढी आउनपूर्व नै सूचना पाउने भएकाले सुरक्षित स्थानमा जानसक्ने हुँदा धनजन जोगाउन मद्दत पुग्छ।’ डुबान हुने क्षेत्रका बासिन्दा जोगिने उनले जानकारी दिए।

 

ताजा समाचार

सम्बन्धित समाचार