Saturday, July 27, 2024

लागुपदार्थ सेवन गरेर सवारी चलाउने २५ जना कारबाहीमा

प्रकाशित:

महेन्द्रनगर सुदूरपश्चिममा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउनेमाथि प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। प्रहरीले आर्थिक वर्ष २०८०र८१ को साउनदेखि पौष मसान्तसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ४२ जना र लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २५ जनालाई कारबाही गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङलाई प्राथमिकतामा राखेको छ। चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ।

सीसीटीभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको छ। मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले सक्रियता देखाउँदै आएको छ। सुदूरपश्चिममा यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने २ हजार ४२ जना कारबाहीमा परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

मापसे गरी सवारी चलाउने मात्र नभई मापसे गरी बाटोमा जथाभावी हिँड्नेका कारण पनि सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ। सो अवधिमा कारबाहीमा पर्नेबाट सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ। यसैगरी उक्त अवधिमा लापसे गरी सवारी चलाउने २५ जना कारबाहीमा परेका छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार