Saturday, July 27, 2024

गड्डाचौकीबाट मिटरब्याजपीडितको ‘न्याय मार्च’, संघीय राजधानी पुगेर आन्दोलन

प्रकाशित:

महेन्द्रनगर मिटर ब्याजपीडितले कञ्चनपुरको गड्डाचौकीबाट ‘न्याय मार्च’ सुरु गरेका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित (नेपाल–भारत) ७ नम्बर सीमा पिलरबाट एकैसाथ आन्दोलन सुरु गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मिटरब्याजीविरुद्ध सुरु भएको यो आन्दोलनमा मिटरब्याजपीडित पैदल हिँडेर काठमाडौं पुग्ने संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन्। १५ दिनमा काठमाडौं पुग्ने लक्ष्य छ। कञ्चनपुरबाट सुरु भएको यात्रामा रहेका संघर्ष समितिका सह–इन्चार्ज दामोदर ढकालले पैदलयात्राका क्रममा पीडितसँग छलफल गरिने बताए। उनका अनुसार पटक–पटक आन्दोलन गर्दा पनि राज्यले नसुनेपछि सडकमा आउनुपरेको हो।

उनले अब निर्णायक आन्दोलनका लागि पीडितहरू काठमाडौं पुग्ने बताए। ६ बुँदे माग राख्दै सुरु गरिएको ‘न्याय मार्च’को उद्घाटन संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले गरेका हुन्। मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ। मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने संघर्ष समितिको माग छ।

संघर्ष समितिले अदालतमा मिटरब्याजी साहुकारले पीडितमाथि हाल्ने दर्ता र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्ने तथा फैसला भइसकेका मुद्दा आयोगमा खिचाई पुनरावलोकन गरी फर्जी लिखतका आधारमा सजाय कटाइरहेका पीडितको स–सम्मान रिहाइ, जरिवाना मिनाहा र बिगो खारेज गर्नुपर्ने माग अघि सारेको छ।

यस्तै, मिटरब्याजी साहुकारका कारण भएको आत्महत्या दुरुत्साहन, दुव्र्यवहार, महिलामाथि हुने ज्यादती तथा यौन हिंसा र मानव अधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानबिन गरी हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ। मिटरब्याजपीडितले गड्डाचौकीबाट ‘न्याय मार्च’ मंगलबारदेखि सुरु गरेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार