महेन्द्रनगर । कञ्चनपुरमा जारी तेस्रो मुख्यमन्त्री कप राष्ट्रि पुरुष भलिबल प्रतियोगितको आज चौथो दिन तिन विभागिय टोलीहरु र एक गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

आज भएका खेलहरुमा नेपाल पुलिस र कोशी प्रदेश विच भएको खेलमा नेपाल पुलिसले कोशी प्रदेशलाई ३–० ले पराजित गरेको हो ।

त्यस्तै सशस्त्र प्रहरी र घरेलुटिमविच भएको खेलमा सशस्त्र प्रहरीले घरेलुटिमलाई ३ –१ पराजित गरेको थियो । त्रिभुवन आर्मी र लुम्बीनी प्रदेशविच भएको खेलमा आर्मी क्वलबले लुम्बीनी प्रदेशलाई ३–० ले पराजित गरेको छ भने गन्डकी प्रदेश र कर्णाली प्रदेशविच भएको खेलमा गन्डकी प्रदेशले कर्णालीलाई ३–० ले हराउदै जित हासील गरेको छ ।

विहिबार (भोली ) हुने खेलमा बागमती र कोशी,मधेश प्रदेश र सुदुरपश्चिम,नेपाल पुलिस र त्रिभुवन आर्मी क्वलब,तथा सशस्त्र प्रहरी र गन्डकी प्रदेशविच हुने आयोजकले जनाएको छ ।
तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा सात प्रदेश र तिन विभागिय गरी १० टिमको सहभागिता रहेको छ ।