दोधारा । दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा वन्यजन्तु धपाउन ‘झट्का’ मसिन प्रयोग गर्न थालेका छन् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका किसानहरुले खेतवारीमा जंगली जनावर धपाउन झट्का’ मसिन प्रयोग गर्न थालेका छन् ।
बडुवाल टोल जंगली हात्ती प्रभावित बस्ती हो । वर्षौ देखि जंगली हात्ती तथा वन्यजन्तुले स्थानिय किसानहरुको अन्नवाली खाईदिने तथा घर भत्काईदिने गरेपछि उनिहरुले जंगली हात्ती धपाउन बिभिन्न योजना गर्दै आएका छन् । अहिले बस्तीमा जंगली हात्ती तथा वन्यजन्तु धपाउन स्थानियहरुले ‘झट्का’ मसिन जडान गर्न थालेका छन् । स्थानियबासी महाविर क्षेत्रले सिमावती भारतिय बजारबाट रु. ४ हजार भारतिय रुपिँयामा ‘झट्का’ मसिन खरिद गरि जडान गरेको बताएका छन् ।
‘झट्का’ मसिनले बिद्युतिय तारको माध्यमबाट झण्डै आधा किलोमिटर क्षेत्र सम्म कभर गर्छ् । ‘झट्का’ मसिन घरमा जडान गर्ने र ‘झट्का’ मसिन बाट जडान तारलाई खेतको चारै तर्फ फेरो लगाएर राख्दा वन्यजन्तुलाई करेन्ट लागेर भाग्ने गरेको महाविर क्षेत्रीले बताएका छन् । ‘तारमा वन्यवन्तुको शरिर छुने बित्तिकै झट्का लाग्ने गर्छ्’ महाविर क्षेत्रीले भने– ‘झट्का मसिनले हात्ती, जरायो ठुला वन्यजन्तु समेत भाग्ने गरेको छ् ।’
‘झट्का’ मसिनले वन्यजन्तु नमर्ने तर बिद्युतिय धक्काले त्रसित हुने उनले बताएका छन् । उक्त ‘झट्का’ मसिन बिद्युत नभएको बेला ब्याट्रीले समेत चलाउन सकिने महाविर क्षेत्रीले बताएका छन् । भारतिय जंगल संग जोडिएकोबडुवाल टोल बस्तीमा वन्यजन्तुबाट खेतीबाली जोगाउन र मानविय क्षती रोक्न ‘झट्का’ मसिन प्रयोगले महत्वपुर्ण कान गर्ने एक थरी स्थानियहरुको भनाई रहेको छ् ।