Saturday, July 27, 2024

भारत गएका श्रीमानको १८ बर्ष देखि बाटो कुर्दै कञ्चनपुरकी बिस्ना

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरबाट एक मनोरोगी महिलाको उद्धार गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको समन्वयमा ३५ वर्षीया विस्ना जोशीको उद्धार गरिएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कृष्णपुर नगरपालिका वडा नम्बर ३ की जोशीलाई मानव सेवा आश्रम धनगढीले मङ्गलवार उद्धार गरेको छ। उनका श्रीमान १८ वर्ष अगाडि रोजगारीका लागि भारत गएका थिए। श्रीमान भारतमा वेपत्ता भएपछि उनी मनोरोगी भएकी मानव सेवा आश्रमले बताएको छ। एक छोरा रहेकी जोशी बुवासँग बस्दै आएकी थिइन्।

तीन महिनादेखि सडकपेटीमा नाङ्गै हिड्न थालेपछि नगरपालिकाले मानव सेवा आश्रमको जिम्मा लगाएको हो। मानव सेवा आश्रम धनगढीले उनको उपचार सुरु गरेको छ। धनगढीस्थित मानव सेवा आश्रममा उनको पालनपोषणसहित उपचार हुने छ। चिकित्सकको मनोपरामर्ससहित औषधि सुरु गरिएको आश्रमले बताएको छ। मानव सेवा आश्रम, धनगढीले सडक मानवलाई आश्रय दिने गरेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार