महेन्द्रनगर । भीमदत्त नगरपालिकाको वडा नं. १२ मा शहिद दिवसका अवसरमा शहिदहरुप्रति सम्मान श्रद्वाञ्जली अर्पण गर्दै वडाको विस्तृत बैठक सम्पन्न भएको छ ।

वडा सभापति पुरन क्षेत्रीको सभापतित्व र पार्टी प्रतिनिधि जिल्ला कार्य समिति सदस्य गौराज बहादुर लिम्बुको प्रमुख आथित्वमा वडाको बिस्तृत बैठक सम्पन्न भएको हो ।

बैठकमा सामुदायमा जाऔैं, जनताका कुरा सुनौं, बिषयमा केन्द्रीत भई समुदायमा कांग्रेस अभियानका बारेमा प्रमुख अतिथी लिम्बुले जानकारी हुन् ।

माग १६ देखी २४ गते सम्ममा वडा स्तरीय विभिन्न सामाजिक रचनात्मक कृयाकलापहरु गरिने र त्यस पश्चात २५ र २६ गते जिल्ला स्तरमा कार्यक्रम संचालन गरिने वडा सभापति क्षेत्रीले बताए ।
यो समुदायमा कांग्रेस अभियान शहिद दिवस माघ १६ गते प्ररम्भ भई २६ गते शुसिल कोइराला स्मृति दिवसका दिन समापन गरिने छ ।
उक्त बैठक तथा छलफल कार्यक्रममा जिल्ला समिति सदस्य नर बहादुर साउद, वडाध्यक्ष भुपेन्द्र रावल , निवर्तमान वडाध्यक्ष कृष्ण सिह देउपा लगायत जनप्रतिनिधिहरु पार्टीका नेता कार्यकर्ताहरु तथा स्थानीय वडाबासीहरुको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसले देशभरकै ६हजार ७ सय ४३ वडाहरुमा समुदायमा कांग्रेस अभियान प्रारम्भ गरेको छ ।