Saturday, July 27, 2024

जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ,चालक सहित ७ जना घाइते

प्रकाशित:

बैतडी बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका ८ कालागाउँकि १५ वर्षीया मनिसा बिष्ट रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो। मनिसाको घटनास्थलमै मृत्यु भएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जादै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेमा दोगडाकेदार ८ कै चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका छन्।

घाइतेमध्ये चालक भुपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताउनुभयो । घाइतेहरूको उद्घार गरि उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनाग्रस्त जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार