Saturday, July 27, 2024

बेदकोटमा निःशुल्क आँखा शिविर

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । वेदकोट नगरपालिका–७ मा निःशुल्क आँखा शिबिर सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आईतबार च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालय प्रालि (आँखा अस्पतालको) प्राविधिक सहयोगमा आँखा शिविर कार्यक्रम कार्यक्रम गरिएको थियो ।

वेदकोट नगरपालिकाको आयोजनामा सम्पन्न भएको आँखा शिविरमा ३ सय ३९ जनाले सेवा लिएका हुन । जसमध्ये ४८ जनाको शल्यक्रिया गर्नुपर्ने, ९३ जनालाई चस्मा वितरण र बाँकीलाई औषधी वितरण गरेको छ ।

वेदकोट नगरपालिका–०७ का वडा अध्यक्ष थानेश्वर प्रसाद भट्टको सभापतित्वमा र नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथीमा सम्पन्न भएको हो ।

आँखा शिविरमा डा। गोकर्ण भट्ट, पुजन थापा र गोपाल ठगुन्नाले सेवाग्राहीहरुको आँखा चेकजाँचगरी सेवा लिएका हुन । जनताहरुले आँखा शिविरमा सेवा लिएपछि जनताहरु खुसी भएका छन ।

वेदकोट नगरपालिकाका जनताहरु वेदकोट ०७ का वडा अध्यक्ष थानेश्वर भट्टलाई समेत धन्यवाद दिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार