Saturday, July 27, 2024

दोधारा चाँदनी– ६ वडा कार्यालयको भवन निमार्ण अन्तिम चरणमा, वडावासी हर्षित

प्रकाशित:

दोधारा दोधारा चाँदनी नगरपालिका– ६ को वडा कार्यालयको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, तराई मधेश समृद्धि कार्यक्रमको सयुक्त सहयोगमा दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षको योजना अनुसार वडा कार्यालयको भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको उनले बताए । उक्त निमार्ण कार्यको जिम्मा गडवालीङ्ग निमार्ण सेवा कम्पनीले लिएको छ् । एक सभा कक्ष गरि ५ वटा सुबिद्या सम्पन्न कोठा निमार्ण गरिएको छ् । जसमा सौचालय समेत रहेको बताईएको छ् । अझै सम्म भाडाको घरमा वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको छ् ।

दोधारा चाँदनी नगरपालिका कृषी शाखा कार्यालयको नजिक रहेको वडा कार्यालयको निमार्णधिन भवन यहि अषाढ मसान्त भित्र निमार्ण कार्य पुरा गर्ने गडबवालीङ्ग निमार्ण सेवा कम्पनीले जनाएको छ् । निमार्ण कम्पनीले झण्डै रु. ५६ लाख बजेटमा उक्त निमार्ण कार्यको पुरा गर्ने गरि जिम्मा पाएको हो । ‘हामी अषाढ मसान्त भन्दा पहिलेनै निमार्ण योजना सक्छौं’ गडवालीङ्ग निमार्ण सेवा कम्पनीका प्रपोराईटर राज भट्टले भने । ‘भाडाका घरमा सानो क्षेत्र तथा प्रयाप्त कोठा नहुदा वडा कार्यालय सञ्चालन गर्न अप्ठरो त छदै छ् ।

सेवाग्राहीलाई सेवा दिन समेत कठिन हुदै आएको छ् । नयाँ भवन निर्माण भए संगै कार्यालयको समस्या हट्ने भएको छ्’ दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले भने । वडाध्यक्ष ओंम बस्नेतको ठुला प्रयासले वडा कार्यालय निमार्ण कार्य अघि बढेको स्थानियहरुले बताएका छन् । अत्याधुनिक आर्कषक शैलिका वडा कार्यालय भवन निर्माण संगै आफ्नै कार्यालय हुने भएपछि वडाबासीहरुले खुशी प्रकट गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार