Saturday, July 27, 2024

कञ्चनपुरमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लियो

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरको बेलौरीमा रहेको महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बेलौरी नगरपालिका–१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राति केही स्थानीयले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए। बाटोमा ट्याक्टर ट्राली रोकिएपछि केहि बेर बादबिवाद भएको थियो। विवाद बढ्न थालेपछि महाकाली सुगर मिलमा आउदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुँवरले मिलको गेटमा आएका ट्याक्टर ट्रालि रोकिरहेपछी सोधपुछ गर्न नियन्त्रणमा लिएको बताए। उनीहरुलाई नियन्त्रणमा लिएपछि उनका आफन्तले मिलको प्रवेश गेटमा ताला लगाएका छ्न्।

 

ताजा समाचार

सम्बन्धित समाचार