Saturday, July 27, 2024

‘सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबिच अन्तिम सम्झौता’

प्रकाशित:

कञ्चनपुर नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने बताएका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिवार कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि छिट्टै बोलपत्र आह्वान हुने बताए। ‘सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबिच अन्तिम सम्झौता भइसकेको छ’, नेता लेखकले भने, ‘दुई–तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माण अगाडि बढाउँछौँ।’

उनले डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीनसम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको बताए। ‘यस वर्ष कञ्चनपुरबाट डडेल्धुराको जोगबुढासम्म ट्रयाक खोल्न सफल भएका छौँ’, उनले भने, ‘आउँदो प्रत्येक वर्ष एक–एक जिल्ला हुँदै महाकाली करिडोरलाई चीनसम्म जोड्ने हाम्रो योजना छ।’

 

ताजा समाचार

सम्बन्धित समाचार