Saturday, July 27, 2024

सुदूरपश्चिममा बैंक ऋणीको संख्या घट्यो, निक्षेप बढेर एक खर्ब ३४ अर्ब नाघ्यो

प्रकाशित:

धनगढी सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको संख्या घटेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन गर्नेको संख्या बढेको भए पनि ऋणीको संख्या भने संख्या भने घटेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा १६ दशमलव शून्य ९ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब २६ करोड २० लाख पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ५ दशमलव ८६ प्रतिशतले वृद्धि भएको थियो।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिममा प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा १ दशमलव ५० प्रतिशतले बढेर १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७ दशमलव ४२ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७ दशमलव २८ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २ दशमलव ५० प्रतिशत रहेको छ। त्यस्तै समीक्षा वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८ दशमलव ७९ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् शून्य दशमलव ९८ प्रतिशत रहेको छ।

२०८० असार मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या २०७९ असार मसान्तको तुलनामा १३ दशमलव ७७ प्रतिशतले बढेर ३४ लाख ३६ हजार ६ सय ७३ पुगेको छ भने कुल ऋणीको संख्या गत आर्थिक वर्षको तुलनामा ७ दशमलव ६० प्रतिशतले घटेर ९९ हजार ७ सय ६१ पुगेको राष्ट्र बैंक धनगढीले तयार पारेको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ।

२०८० असार मसान्तसम्म विपन्न वर्गको कर्जा २०७९ असार मसान्तको तुलनामा ३ दशमलव शून्य प्रतिशतले घटेर ११ अर्ब ७१ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४ दशमलव ४३ प्रतिशतले बृद्धि भएको थियो। यसैगरी, २०८० असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०७९ असार मसान्तको तुलनामा ८ दशमलव ३९ प्रतिशतले घटेर ९ अर्ब ६७ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४० दशमलव २४ प्रतिशतले वृद्धि भएको थियो। पुनरकर्जा भने समीक्षा वर्षमा प्रवाह भएको छैन्।

 

ताजा समाचार

सम्बन्धित समाचार