Saturday, July 27, 2024

कृष्णपुरमा कर्मचारी भर्ना लगायतका विषयमा कुनैपनि विवाद छैन:प्रवक्ता बस्नेत

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कर्मचारी भर्ना, गडविजुला ईको पार्क र ओभरसियर कर्मचारीको विषय सम्बन्धमा कुनै पनि विवाद र पुर्वाग्राही नभएको पालिकाले जनाएको छ । शुक्रवार पालिकाले पत्रकार सम्मेलन गर्दै कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन सावदले आफनो मनोमानी ढंगले पूर्वाग्राही तवरले कर्मचारी भर्ना गर्ने गरेको भन्दै सामाजिक संजालमा आएको विषयमा पत्रकार सम्मेलन गरिएको पालिकाका प्रवक्ता एवम वडा नम्वर १ अध्यक्ष मोहन बस्नेतले जानकारी गराए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले आफुहरुले विगतको पालिका सरकारले निर्माण गरेका कार्यविधी, ऐन, नियम अनुरुप नै कर्मचारीहरु भर्ना गरिएको र कुनै पनि किसिमले आफनो आफन्तहरुलाई भर्ना नगरिएको बताए । जसरी सामाजिक संजाल र बिभिन्न संचार माधयमहरुमा आएका समाचार अनुसार कुनै पनि काम नभएको सबै प्रक्रियामा टेकेर नै काम भएको उनले दावी गरे, आफनै वडा नम्वर २ का अध्यक्षले कार्यपालिका वैठकमा कर्मचारी भर्ना गर्नुपर्छ भन्ने, आफै सहमती जनाउने अहिले आएर बिभिन्न सामाजिक संजालमा गएर पालिको नै बेईज्जत हुने कुरा गर्न नहुने प्रवक्ता बस्नेत बताए ।

“पालिकाको ९ वडामा १२ वटा स्वास्थ्य युनिटमा कर्मचारीको अभाव रहेको अवस्थामा काजमा आएका सबै कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९÷८० मसान्त भित्रै काजफिर्ता गर्ने भनेर स्वास्थ्य मन्त्रालयले आदेश दियो” उनले भने, “पछि श्रावण १ गतेदेखी लागु हुनेगरी सबै कर्मचारीहरुलाई बदरबन्दी भएको स्थानमा फिर्ता गरिएको” तर यता स्वास्थ्य जस्तो संवेदनशिल सेवालाई गुणस्तर सेवा दिने बनाउनु पर्ने भएर आर्थिक वर्ष २०८०÷८१ को स्वास्थ्य तफृको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कर्मचारी अषाढ मसान्त सम्मका लागी करार सेवामा कर्मचारी भर्ना गर्न भनेर २०८० पौष १८ गते ८ जना हेल्थ असिस्टेन्ट र ६ जना अ।हे।व का लागि विज्ञापन खोलिएको प्रष्ट पारे, साथै उनले विज्ञापनमा प्रकाशित सुचना बमोजिम कृष्णपुर नगरपालिकाको प्राविधिक कर्मचारी छनौट कार्यबिधी २०७५ अनुसार संक्षिप्त सुची प्रकाशित गरिएको नगर प्रवक्ता बस्नेतले दावी गरे,

उनले कार्यबिधी अनुसार पद संख्या भन्दा दोव्वर संख्यामा बैकल्पिक उम्मेदवारको सुचि प्रकाहन गर्नु पर्ने भएकाले माग पद संख्याको चार गुणा उम्मेदवारहरुलाई सुचीमा समावेश गरिएको बताए । अहिले पालिकाको वडा नमवर २ मा रहेको गडविजुला आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नम्वर ४ मा रहेको सहारा नगर आधारभुत स्वास्थ्य सेवा केन्द्र, र ७ नम्वरको कलुवापर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा पारामेडिक १ जना पनि कर्मचारी नभएका कारण निकट भविष्यमा बिरामी जाँच सेवा अवरुद्ध हुने निश्चित रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रतनसिंह विष्टले बताए ।

देशैभरमा नमुना स्वास्थ्य चौकी कृष्णपुर स्वास्थ्य चौकीमा २४ घण्टे स्वास्थ्य सेवा शुरु भएको र पूर्व पश्चिम राजमार्ग संगै जोडिएको स्वास्थ्य चौकी भएकाले बिभिन्न समयमा सडक दुर्घटनामा हुने गरेको घाईतेहरुको उपचारका लागी ट्रमा सेन्टरको रुपमा पनि सेवा दिईरहेको अवस्थामा कर्मचारी नभएको अवस्थामा त्यो पनि सेवा दिन नसकिने अवस्था रहेको कृष्णपुर स्वास्थ्य चौकी संचालक समिती अध्यक्ष एवम ५ नम्वर वडा अध्यक्ष टेक पाण्डेयले बताए ।

साथै गडविजुला वन क्षेत्रमा ईको पार्क निर्माणको विषयमा रकम अभाव नरहेको र पालिकाको २०७८ चैत्र १६ गते ८९ औँ कार्यपालिका वैठकको निर्णय नम्वर १८ बाट ठेकेदार लाई काम गर्न रोक्न निदैशन दिने निर्णय भएकोपनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । साथै कृष्णपुर नगरपालिकाले आई।।ई।ई तयार गरी प्रदेश अन्तरगतको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयमा पठाएको र उक्त स्विकृत भईसकेपछि कार्य संचालन अगाढी बढने जनाईएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार