महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार छलीका अबैध कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–४ बसपार्कबाट करिब १ लाख ६ हजार १ सय मुल्य बराबरका कोट पाईन्टका कपडा, लेडिज सुट, स्वीटर लगाएत उनी मोजा बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका कपडा भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।