Saturday, July 27, 2024

कञ्चनपुरमा दुई क्विन्टल माछा बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा दुई क्विन्टल माछा बरामद गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिबार भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको दुई क्विन्टल माछा बरामद गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले सीमामा गस्ती गर्ने क्रममा दुई क्विन्टल माछा बेवारिसे अवस्थामा बरामद गरेको हो ।

बरामद गरिएका माछा आवश्यक कार्बाहीकालागि पशु क्वारेन्टाइन बेलौरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार