Saturday, July 27, 2024

कञ्चनपुरमा चोरीको मोटरसाईकल फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाईकल हराएको तिन दिनमा प्रहरीले सवारीसाधन खोजेर सवारी धनीलाई बुझाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका ४ मा रहेको कबर्ड हलको हाताबाट मोटरसाईकल चोरी भएको थियो । भीमदत्त नगरपालिका.– १० तिल्केनीका दिर्घ राज जोशीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर माघ ८ गते मोटरसाईकल चोरी भएको भनेर मौखिक जानकारी गराएका थिए ।

कभर्ड हलको हाता क्षेत्र भित्रबाट पार्किङमा राखेको सु.प.प्र.०२००३ प ७५८० नं. को मोटरसाईकल चोरी भएको जानकारी पश्चात खोज तलासी गर्दा आज वेदकोट नगरपालिका– ९ लालपुर स्थित बिद्युत सब स्टेशन नजिक बेवारिसे अवस्थामा फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए ।

आफुहरुलाई जानकारी आएपछि तुरुन्तै उक्त मोटरसाईकल खोजीका लागी सबै मातहतमा जानकारी गराए पछि आज उक्त मोटरसाईकल फेला पारेर सम्बन्धित धनीलाई बुझाईएको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार