Sunday, May 26, 2024

अत्तरिया उधोग बाणिज्य संघको कार्यसमितिले मन्दिरमा गएर कसम खाएपछि….

प्रकाशित:

कैलाली कैलालीको अत्तरिया मा केही दिन अघि सप्पन्न प्रादेशिक महोत्सव को नक्कली टिकट ठेली प्रकरणमा प्रहरीलेले आन्तरिक छानबिन शुरु गरेको छ । महोत्सवमा नक्कली ठेलीको प्रयोग गरेर संस्था को आन्तरिक आयमा क्षति पुर्याएको भन्दै संघले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएको छ । कैलाली प्रशासन ले प्रहरीलाई छानबिन गर्न निर्देशन दिइसकेको छ ।

संघले पनि नियन्त्रणमा लिएका नक्कली ठेली साबधानी पुर्बक प्रहरीलाई बुझाएको छ । संघले महोत्सवमा टिकट काटने जिम्मा अत्तरिया कै दुर्गालक्ष्मी बहुमुखी क्याम्पस को स्वतन्त्र बिद्यार्थी युनियन स्वबियुलाई दिएको थियो । महोत्सव को अन्तिम समयमा संघ कै पदाधिकारीले नक्कली ठेली बरामद गरेपछि घट्ना बाहिरिएको हो । अब छानबिन कसरी हुन्छ भन्ने मा सबै ब्यापारीहरु को ध्यान केन्दृत भएको छ ।

बजार का ब्यापारीहरुले निष्पक्ष छानबिन को माग गर्दै  निरन्तर दबाब दिइरहेका छन् । उनिहरुले बिहीवार पनि अनौपचारिक भेला गरेर अगाडि कसरी बढने भन्ने बिषयमा छलफल गरेका छन् । संघले महोत्सव को टिकट काठमाडौमा छपाई गरेको थियो । छपाई को जिम्मा पाएका संघ का सदस्य बम बहादुर बोगटीले चलाकीपुर्ण टेक्निक प्रयोग गरेर छपाई गरेका थिए । जसको कारण सक्कली र नक्कली टिकट सजिलै पहिचान गर्न आयोजकलाई सजिलो भएको बुझिएको छ ।

नक्कली टिकट को दबाब बढेपछि संघका सबै पदाधिकारी र सदस्यहरुले एक मन्दिरमा गएर कसम समेत खाएका छन् ।नक्कली टिकट को छापाईमा संघ भित्र कै केही ब्यक्ति को मिलोमतो हुन सक्ने आम ब्यवसायी को बुझाई रहेको छ । संघ को नेतृत्वमा अधिकांस काँग्रेस समर्थक ब्यबसायीहरु रहेका छन् । यो प्रकरणमा निश्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कार्बाही हुनुपर्नेमा कांग्रेस भित्र बलियो जनमत रहेको छ ।

कांग्रेस कैलालीको प्रबक्ता एबम गोदावरी काँग्रेस का युबा नेता प्रेमराज भट्टले सामाजिक सन्जालमा एक पोस्ट गर्दै भनेका छन् ,”अत्तरिया उद्योग बाणिज्य संघले  अत्तरियामा संचालन गरेको महोत्सवमा नक्कली ठेलिको जुन मुद्दा बाहिर आयो तेस्मा निस्पक्ष छानबिन होस भनेर केही बोलेनौ । अब ढिलो नगरी यथासिघ्र  निस्पक्ष छानबिन गरि दोसिलाई सार्बजनिक गर्न अनुरोध गर्दछु । अत्तरिया उद्योग बाणिज्य संघको नेतृत्वमा कांग्रेस निकट व्यापारीहरु पनि भयको हुनाले यस्ता गतिविधिले पार्टीमा पनि असर पर्ने भयको हुदा अन्तमा पार्टीले नै  यक्सन लिन बाध्यहुने जानकारी गराउन चाहान्छौ ।”  यस्तै सामाजिक सन्जाल मार्फत नै यस क्षेत्रका व्यावसायिहरुले निष्पक्ष छानबिन को माग गर्दै दबाब बढाईरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार