Saturday, July 27, 2024

आजका लागि कतिमा हुदै छ त सुनचाँदीको कारोबार ?

प्रकाशित:

महेन्द्रनगर बिहीबार सुनको मूल्य घटेको छ। लगातार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारसम्म छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको थियो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ थियो ।

सोही मूल्यमा लगातार ४ दिनदेखि सुनको कारोबार भएको थियो । यस्तै, सुनको मूल्य घटेपनि आज चाँदीेको मुल्यमा भने वृद्धि आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार